महिन्द्राको नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर अब कुपन्डोल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 11:09:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीहरूको सुविधाका निम्ति कुपन्डोल, ललितपुरमा नयाँ ट्विन पीक २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

यस २ एस सर्भिस सेन्टरको उद्घाटन यही आश्विन २९, २०८० का दिन क्षेत्रीय प्रबन्धक क्याबिनेट श्रेष्ठ,अग्नि ग्रुपका कार्यकारी निर्देशक  सुसन श्रेष्ठ र अर्जुन प्रसाद शर्माद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरूका साथसाथै अन्य माननीय अतिथिहरूको उपस्थितिमा सामूहिक रूपमा गरिएको थियो ।

यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य ललितपुर र वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वक्र्सले नयाँ २ एस ट्विन पीक सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई आग्रह गरेको छ । 

अग्नि ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नि ग्रुपले आफ्ना सेवाहरू यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved