होण्डाको स्कुटी खरिद गर्दा गोकुल लामिछानेले जिते १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2023 | 11:26:18 AM मा प्रकाशित

laxmi  sunrise bank

होण्डा मोटरसाइकल तथा स्कुटरले दशैँ तिहारको अवसरमा लिएर आएको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले दस लाख रुपैयाँ जितेका छन्। मेट्रो अटो सेन्टर, गठ्ठाघर, भक्तपुरबाट Grazia Std BS6 स्कुटी खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत दस लाख रुपैयाँ जितेका हुन् ।

होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको जनाएको छ ।

कम्पनीका अनुसार रु. १०,००० सम्मको थप स्क्रयाच कुपन र रु. १२,५०० बराबरको ५ बर्षको ब्ःऋ एबअपबनभ पनि जित्न सकिने 'Choose Your Scheme' योजनाबाट पनि थुप्रै ग्राहकहरु लाभान्वित भएका छन् । ‘दशैँमा दस लाख’ उपहार योजना अन्र्तगत अन्य थुप्रै ग्राहकहरुले पनि रु. २५ हजार देखि रु. २ लाख सम्मको पुरस्कार जितिसकेको कम्पनीले जनाएको छ।

यो बर्ष होण्डाले “रु.१ मा फाइनान्स योजना“ र ’बिग बाइक’ किन्दा रु. १ लाख सम्मको छुट जस्ता आकर्षक योजनाहरु पनि सार्वजनिक गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved