आइशरद्वारा सर्भिस क्याम्पको घोषणा, गाडी मर्मतमा २५ प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 04:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले सर्भिस क्याम्प सुरु गरेको छ ।  १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने सर्भिस क्याम्पको आजबाट सुरुवात गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, बिरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडी मध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् । त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, नुवाकोट, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् । 

यस १० दिने क्याम्पमा आइशरका १५०० भन्दा बढी व्यवसायिक गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने कम्पनीले जनाएको छ । जाँच गराउन आउँदा सवारी धनीहरुले स्पेयर्स पार्ट्समा १२% छुट, लुब्रिकेंट्समा २०% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ । यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरद कुमार मिश्रले  भने “बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो । भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ ।” 

 आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved