नाडामा समितिका सभापति चयन, ‘अटो शो’को संयोजकमा अनुप बराल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 05:24:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले समितिको सभापति चयन गरेको छ । नाडाको आज बसेको कार्यसमिति बैठकले समितिको सभापति चयन गरेको हो ।

बैठकले नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई चयन गरेको छ । उनी आमन्त्रित सदस्य पनि बनेका छन् । 

राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा चयन भएका छन् । उपाध्यक्ष राजनबाबु श्रेष्ठ इलेक्ट्रीक भेहिकल समितिको सभापति चयन भएका छन् । 

उपाध्यक्ष निराकार श्रेष्ठ चार पाङ्ग्रे भेहिकल समिति सभापति बनेका छन् । कोषाध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समितिको सभापति चयन भएका छन् ।

प्रदेश समन्वय तथा सदस्यता वितरण समितिको सभापतिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन समितिमा अभिक ज्योति, वातावरण समितिमा कपिल शिवाकोटी चयन भएा छन् । स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रीब्यूटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चुनिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved