वैद्य इनर्जीले पोखरामा ल्यायो एथर इलेक्ट्रीक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 10:31:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि एथर इलेक्ट्रिकको आधिकारिता बिक्रेता वैद्य इनर्जीले फागुन १२ गतेबाट पोखरामा  एथर इलेक्ट्रीकको बिक्री सुरु गरेको छ। वैद्य इनर्जीले एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेताको रुपमा अटोवेज प्रालिलाई नियुक्त गरि पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरि स्कुटर बिक्री थालेको हो । 

वैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘वैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसंगे काठमाडौँ र ललितपुर पछि पोखरामा स्कुटर बिक्री थालेको हो । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर पछिल्लो समय नेपाली बजारमा माघ बढिरहेको कम्पनीले जनाएको छ । ।

आटोवेज प्रा. लिले टोयोटाको डिलरको रूपमा पनि विगत २० वर्ष भन्दा अगाडी देखि पोखरामा सेवा दिईराखेको छ। कम्पनीका अनुसार पोखरामा पहिलो डिलरसंगै सेर्विस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन आटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। थप दुई चार्जरहरू छिट्टै लगाइने कम्पनीले जनाएको छ ।

 वैद्य एनर्जीको सीईओ सुर्यंश वैद्यले आटोवेज प्रा. लि. संग सहकार्य गरि एथेर एनर्जीलाई पोखरामा ल्याउन उत्साहित भएको बताएका छन्। उनका अनुसार एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्ने उनको भनाई छ । 

कम्पनीका अनुसार एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved