भन्सारविरुद्द अदालत पुग्यो बिवाईडी, एउटै गाडीमा १० लाख अतिरिक्त नाफा लिएको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 07:50:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा चिनियाँ बिवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक सरकारविरुद्द अदालत गएको छ । कर छली गरेका देखिएपछि भन्सार जाँचपास परीक्षण कार्यालयले छली गरेको बराबर कर तिर्न भनेको भन्दै बिवाईडी भन्सार जाँचपास परीक्षण कार्यालय र भन्सार विभागविरुद्द अदालत गएको हो । 

बिवाईडीले भन्सार छलेर गाडी ल्याएको पुष्टि भएपछि मात्रै छली भएको रकम तिर्नलाई भनिएको जनाएको छ । भन्सार जाँचपास परीक्षण कार्यालयले बिवाईडी विद्युतीय गाडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकमाथि गरेको छानिबनमा साइमेक्स इंकले भन्सार छली गरेको पुष्टि भएको थियो।

भन्सार जाँचपास परीक्षण कार्यालयले बिवाईडी गाडीको आयातमा कम भन्सार महशुल दाखिला भएको आशंकामा भन्सार विभागसँग समन्वय गरेर कागजात परीक्षण गरेको थियो । परीक्षणका क्रममा साइमेक्स इंकले ७ लाख जति भन्सार नतिरेको पाइएपछि उसलाई उक्त भन्सार रकम दाखिलाका लागि पत्र पठाइएको थियो । जाँसपाँस परीक्षण कार्यालयले भन्सार छलेको पुष्टि गर्दै पत्र पठाए पनि साइमेक्स इंकले हालसम्म उक्त रकम दाखिला गरेको छैन।

स्रोतका अनुसार साइमेक्स इंकले आफूले भन्सार छली नगरेको दाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । भन्सार विभाग, भन्सार जाँचपास परीक्षण कार्यालय लगायतलाई विपक्षी बनाएर साइमेक्स इंकले अदालतमा मुद्दा दायर गरेको बुझिएको छ ।

‘हामीले अनुसन्धान गरेर ७ लाख जति भन्सार दाखिला गर्नुपर्ने देखिएपछि उस (साइमेक्स इंक)लाई उक्त रकम दाखिलाका लागि पत्र पठाएका थियौँ, तर उसले तिर्नु नपर्ने पैसा मागियो भनेर अदालतमा मुद्दा हालेको छ’ स्रोतले भन्यो, ‘उसले मुद्दा हाल्न पाउँछ, हाल्यो । यसमा केही छैन । तर, विभागले सुक्ष्म अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा तोकिएको कर रकम रकम दाखिला गर्न भनिएको हो । अदालतमा हामीले सोही अनुसारका जवाफ दिँदै छौँ ।’

बिवाईडीले एउटा गाडीबाट अतिरिक्त १० लाख नाफा कुम्ल्याए पनि कानुन अनुसार कारबाही गर्न नसकिने अवस्था रहेको भन्सार विभागका एक हाकिमले बिजपाटीलाई बताए । बिवाईडीका सञ्चालकले तत्कालिन कांग्रेस सरकारका ठूला नेतालाई प्रयोग गरेर यसैगरि धेरै गाडी छुटाएकोले अहिले भन्सारले बाध्य भएर कर छलीको अनुसन्धान गरेर थोरै भएपनि जरिवाना तोकेको ति हाकिमले बताएका छन् ।

यस अघि :

बिवाईडी विद्युतीय गाडी बिक्रेता साइमेक्समाथि भन्सार छलीको आरोप

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved