नयाँ वर्षमा जिडब्लुएमका गाडी खरिदमा लाखौँको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2024 | 08:22:51 PM मा प्रकाशित

laxmi  sunrise bank

जि. डब्लु. एमको नेपालका लागि आधिकारिक वितरक भि. जि. इम्पेक्सले नयाँ वर्षको अवसरमा “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । योजना अन्तर्गत जि. डब्लु. एमका मोडेलहरु हाभल-एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ ।

ओरा ०३ ईभीमा नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउन सकिने छ । हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फी एसेसरीज साथै, पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् ।

ओरा ०३ इभी : ५ लाखसम्मको फाइदा

यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जि. डब्लु. एमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फी एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सकिने छ । यसको स्टाइल ( Style) र लक्जरीको ( Luxury ) साथ, निशुल्क 7 KW फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १ लाख ५० हजार किमी | वारेन्टी लगायतका सुविधा लिईन सकिने छ ।

हाल एच सिक्स, र जोलायन ८. ५ लाखसम्मको फाइदा

हाभल- एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर ( Power) र लक्जरीको (Luxury ) उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन्, साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र की एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दाबी छ ।

पावर : १० लाखसम्मको फाइदा

जि. डब्लु. एम को पावर पिक-अपको साथ एन्डुरेन्स (Endurance ) र क्यापाबिलिटीको ( Capability ) अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved