यामाहाद्वारा एफजेडमा १० वर्षको वारेन्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 08:20:50 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अङ्गीकार गरेको १५ औं वर्ष पूरा भएको छ सोहि अवसरमा यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ।

यस्तो वारेन्टी नेपालमा दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको हो । यामाहाले सुरुमै एफआई टेक्नोलोजीलाई अँगालेर त्यसलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्नको लागि प्रयोग गर्दै सफलता समेत हासिल गरिसकेको कम्पनीको दावी छ ।

एफजेड शृङ्खलाका सबै बाइकहरूमा प्राप्त हुने १० वर्षको वारेन्टीले गुणस्तर, स्थायित्व र ग्राहक सन्तुष्टिप्रति यामाहाको बलियो प्रतिबद्धतालाई सङ्केत गर्ने कम्पनीले जानाएको छ । यसले यामाहालाई भरपर्दो र विश्वासिलो ब्रान्डको रूपमा अझै बलियो ढंगले स्थापित गर्दछ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले कोसेढुङ्गा प्राप्तीको यस अवसरमा आफ्नो उत्साह व्यक्त गर्दै भने "यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुशी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्दित छौं।"

यामाहा खरिद गर्ने सबै ग्राहकहरुले १० वर्षे वारेन्टीको छातामुनि रहेर मानसिक शान्तिका साथ आफ्नो अर्को साहसिक यात्रामा लाग्न सक्नेछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved