बुद्धको जहाजमा यात्रु बेहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 11:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।

आज बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा नेपालगञ्ज अवतरण गरेको थियो । जहाजमा रहेकी एक महिला यात्रु बेहोस अवस्थामा फेला परेको र उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने जहाज ल्यान्ड हुन नसकेपछि होल्डमा राखिएको सुरक्षानिकट स्रोतले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved