गौतम बुद्ध विमानस्थलबाट परीक्षण उडानको तयारी थाल्न थाई टोली आईपुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 11:09:55 AM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्राविधिक जाँचका लागि थाइल्याण्डबाट प्राविधिक टोली आईपुगेको छ । परीक्षण उडानको पूर्वतयारीका लागि प्राविधिक जाँच गर्न थाइल्यान्डको प्राविधिक टोली भैरहवा आइपुगेको हो ।

मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र ‘आईसीबी टू’ निर्माणको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीका ४ जना प्राविधिक भैरहवा आईपुगेका हुन् । उनीहरुले विमानस्थलमा जडान गरिएका उपकरणको जाँच गरी परीक्षण उडान सुनिश्चित गर्ने छन् । 

आयोजनाका अनुसार अब यो टोली गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको परीक्षण उडान सकेर मात्रै फर्किने छ । केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली पनि भैरहवा आउने छन् । 

बुधबार आईपुगेको थाई प्राविधिक टोलीले बिहीबारदेखि काम थालेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved