न्यारोबडी जहाजको एउटा इन्जिन बिग्रियो, भाडाको इन्जिन राखेर चलाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 02:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको न्यारोबडी जहाज ए–३२० को बाँयातर्फको इन्जिन फेर्नुपर्ने भएको छ ।

गत पुस १३ गते काठमाडौँबाट कतारको दोहा पुगेको जहाज सुरक्षित अवतरणपछि पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । कतार एअरवेजका इन्जिनियरिङ टिमले निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या देखिएकाले इन्जिन फेर्नुपर्ने सुझाव दिएका हुन् ।

जहाजलाई चाँडो उडानमा ल्याउन निगमले इन्जिन भाडामा लिन पुस २५ गते अन्तराष्ट्रिय आह्वान पत्र निकालेको थियो । इन्जिन भाडामा लिन कम्पनी छनोट गरेर काम अघि बढिरहेको निगमले जनाएको छ ।

पुरानो इन्जिन मर्मतका लागि माघ १० गते अन्तराष्ट्रिय प्रस्ताव आह्वान गरिएको निगमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved