पोखरा एयरपोर्टमा ५ वटा जहाज राखेर उडान गर्ने बुद्ध एयरको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2022 | 05:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने घोषणा गरेको छ । कम्पनीले विमानस्थल सम्पूर्ण रुपमा सञ्चालनमा आएपछि ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको हो । 

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण सकिएको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्धले पोखरामा ५ वटा जहाज राखेर उडान गर्ने भएको हो । 

कम्पनीले पोखराबाट भारतको नयाँदिल्ली र देहरादुनमा अन्तराष्ट्रिय उडान गर्ने योजना पनि सार्वजनिक गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved