इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 12:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

इलामको सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट सुकिलुम्बा विमानस्थलमा बुधबार परीक्षण उडान गरिएको हो । 

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार निगमको ट्वीनअटर विमान बिहान १०ः२ बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । उनका अनुसार परीक्षण उडानको प्रतिवेदन तयार भएपछि सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्दै निगमले नियमित उडानको प्रक्रिया सुरु गर्नेछ ।

काठमाडौँ विमानस्थलबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको हो ।

यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने जिम्मेवारी लिइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved