अदालतको आदेश लिएर प्राधिकरण पुगेका क्षेत्रीले हाजिर गर्न पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2022 | 01:58:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले यस अघि अवकाश पाईसकेका महानिर्देशक राजकुमार क्षेत्रीलाई कार्यालयमा हाजिर गर्न रोक लगाएको छ  ।  अनिवार्य अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि क्षेत्री हाजिर गर्नको लागि आज नागरिक उड्डयन प्राधिकरण पुगेका थिए । 

तर प्राधिकरणको कानुन शाखाका कर्मचारीहरुले  पूर्ण आदेश आईनसकेको र अहिलेको आदेश अल्पकालीन अन्तरिम आदेश मात्र भएको भन्दै उनले हाजिर गर्न नमिल्ने भनेर फर्काई दिएका हुन् । सर्वोच्च अदालतक न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आइतबार छलफलको टुंगो नलागेसम्म क्षेत्रीलाई अवकाश नदिन भनेको थियो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई फागुन ९ गते उपस्थित हुन अदालतले आदेश दिएको छ । सोहि आदेश बोकेर क्षेत्री हाजिर गर्न आज प्राधिकरण पुगेका थिए । 

क्षेत्रीलाई अवकाश दिएपछि प्राधिकरणको  महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्षेत्रीलाई ५८ वर्षे उमेर हदका कारण पर्यटन मन्त्रालयले अवकाश दिएर उनको ठाउँमा अधिकारीलाई महानिर्देशक नियुक्त गरेको हो । तर, क्षेत्रीले भने महानिर्देशकको नियुक्ति ४ वर्षका लागि हुने भन्दै नियुक्ति भईसकेपछि उमेरहद लागू हुन नहुने दाबी गर्दै अदालत गएका थिए । क्षेत्रीले क्यानमा हाँजिर गर्न जाने तयारी गरेपछि कर्मचारीले भने उनलाई हाँजिर गर्न नदिने अडान लिँदै आएका छन् ।

क्षेत्री प्राधिकरण जाने भएपछि प्राधिकरण परिसरमा प्रहरीले पहरा दिएको थियो । प्रदीप अधिकारी पनि कार्यालयमै थिए। क्षेत्रीले अदालतको आदेशअनुसार आफू  महानिर्देशककै हैसियतमा हाँजिर गर्ने बताएका थिए। तर उनको प्रयास असफल भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved