गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ गतेसम्म ‘क्यालिब्रेशन फ्लाइट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2022 | 04:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थलमा १० दिनसम्म यो उडान सञ्चालन हुन लागेको हो ।

प्राधिकरणले आज मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी क्यालिब्रेशन फ्लाइट हुन लागेको जानकारी गराएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । एरो थाईको जहाज फागुन ५ गते काठमाडौँ आउनेछ । काठमाडौँबाट भैरहवा जानेछ । 

परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी थालिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved