विमानस्थलमा अनिवार्य गरिएको छैन ‘प्रिन्टेड' टिकट, पुरा विवरण भए डिजिटलले पनि गर्छ काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2022 | 09:03:48 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा पूरा विवरणसहितको टिकटको ‘प्रिन्टेड कपी’ वा डिजिटल कपी देखाउन भनिएको छ ।'

विमानस्थल सञ्चालन विभागले आज सूचना जारी गरी उक्त व्यवस्था यही फागुन ७ गतेदेखि लागू हुने जनाएको छ । कतिपय यात्रुले टिकटको पिएनआर कोडमात्रै देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले उक्त व्यवस्था अनिवार्य गरिएको हो । सूचनामा काठमाडौँबाट अन्यत्र यात्रा गर्दा टिकटमा उल्लेख भएको रिपोर्टिङअनुसार समयमा अनिवार्यरुरूपमा विमानस्थल प्रवेश गर्न पनि अनुरोध गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved