अन्तराष्ट्रिय उडानमा पीसीआर परीक्षणको नियम हटाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2022 | 03:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा सञ्चालक संघले विदेशबाट आउने यात्रुका लागि अनिवार्य कोरोना परीक्षणको व्यवस्था हटाउन माग गरेको छ । संघले अन्तराष्ट्रिय उडानमा पीसीआर परीक्षण र सीसीएमसीको फाराम अनिवार्य रहेको भन्दै यो व्यवस्था हटाउन माग गरेको हो ।

कोरोना संक्रमितको संख्या घटेको र भारतसहित युरोपेली मुलुकले समेत अनिवार्य परीक्षणको व्यवस्था हटाएकाले नेपालमा पनि हटाउन संघले माग गरेको हो । 

यो नियम बटाएमा विदेशीको आगमन बढ्ने र पर्यटन व्यवसायीले राहत पाउने संघको भनाई छ । कोभिड संक्रमण दर घटिरहेको र धेरैजसो मुलुकले प्रतिबन्धलाई खुकुलो पारेको पनि संघ स्मरण गराएको छ । 

विदेशी पर्यटककै भरमा रहेका कतिपय व्यवसाय विदेशी पर्यटक नआउँदा सदाका लागि बन्द हुने अवस्थामा पुगेको भन्दै संघले यसले नेपालमा रहेको दक्ष जनशक्ति पलायन हुने खतरा बढेको तर्फ पनि सचेत गराएको छ । 

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३ नेपालीसहित २९ वटा वायुसेवा प्रदायकले अन्तराष्ट्रिय उडान गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved