बुद्धले ल्यायो नयाँ जहाज, कहिलेबाट उड्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 02:26:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले एटीआर–७२ जहाज ल्याएको छ । कम्पनीले ७२ सिटे कलसाइन 9N-ANP एटीआर–७२ जहाज ल्याएको हो ।

बुद्धले २ हप्ताभित्र नयाँ जहाजमार्फत उडान सुरु गर्ने जनाएको छ । 

ठूला जहाजबाट उडान गर्दा सञ्चालन खर्च कम र भाडा पनि सस्तो हुने भएकाले कम्पनीले ७२ सिटे जहाज भित्र्याएको बताएको छ । नयाँ जहाज ल्याएसँगै बुद्ध एयरको जहाज संख्या १६ पुगेको छ । 

अब बुद्धसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा वीचएयरक्राफ्ट जहाज छन् ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले अरु ३ वटा जहाज पनि ल्याउँदैछ । 

बुद्धले पोखरासँग विभिन्न गन्तव्यलाई सिधा जोडेको छ । नेपालगञ्ज, भैरहवा, भरतपुर र सिमराबाट पोखरा उडान गरिरहेको बुद्धले मार्च १ देखि जनकपुर र धनगढीबाट पनि उडान सुरु गर्न लागेको छ । 

मार्च १५ देखि भद्रपुरबाट पनि सिधा पोखरा र विराटनगरबाट भैरहवा उडान भर्ने योजना कम्पनीले अघि सारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved