आन्तरिक हवाई उडानको भाडा बढ्यो, कुन रुटकाे भाडा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2022 | 05:00:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले लागु हुने गरि आन्तरिक हवाई इन्धनको मुल्य बढाएपछि आन्तरिक हवाई उडान कम्पनीहरुले भाडा बढाएका हुन्। 

शनिबारदेखि लागू हुने गरि निगमले मुल्य बढाएकाले इन्धनशुल्क बढेको र यसले आन्तरिक हवाई उडानको मुल्य पनि बढाएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। 

उनकाअनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।   

नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । यद्दपी एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

कुन रुटकाे भाडा कति ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved