चीनद्वारा पोखरा अन्तराष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 08:57:23 AM मा प्रकाशित

laxmi  sunrise bank

चीन सरकारद्वारा निर्माण गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शरबहादुर देउवाको उपस्थितिमा विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत पदाधिकारी सहकागी थिए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा निर्माण कम्पनीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कदरपत्र प्रदान गरेका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । 

गत जुलाई १० मै हस्तान्तरण गर्ने भनिएकामा कोरोनाका कारण १ वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved