भैरहवा विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एयरलाइन्सको जहाजले गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 03:14:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एयरलाइन्सको जहाजले गर्ने भएको छ । 

वैशाख १ गते निगमको जहाजले परीक्षण उडान गर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवा विमानस्थलबाट वैशाख १ गते परीक्षण उडान गर्ने र जेठ २ गते बुद्ध जयन्तीका दिनबाट व्यावसायिक अन्तराष्ट्रिय उडान सुरु गर्ने तयारी भईरहेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार भैरहवा विमानस्थलमा व्यावसायिक उडान गर्न अहिलेसम्म ११ वटा कम्पनीको चासो देखाएका छन् । व्यावसायिक उडानका लागि चासो देखाउनेमा नेपाल वायु सेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एअर, एयर बिच र ओमन एयर रहेका छन् । 

यो विमानस्थलमा फागुन पहिलो साता थाइल्यान्डको एरो थाईले क्यालिब्रेशन फ्लाइट गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved