जलेकी महिलालाई उडाउन नसकिएको विषयमा बुद्द एयरले दियो प्रष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2022 | 01:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले आफुले यात्रु बोक्न नमानेको भन्दै आएको समाचारको खण्डन गरेको छ । बुधबार धनगढीबाट काठमाडौँ उडान नम्बर २५६ मार्फत बुद्ध एयरले 'यात्रु उडाएनन्' पोष्ट सामाजिक सञ्जालमा आएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बुद्ध एयरले जनाएको हो।

ति यात्रुलाई ह्वील चेयरमा बस्न निकै अप्ठ्यारो भएको ल्याउन नसकिएको बुद्द एयरले जनाएको छ । बुद्ध एयरले भनेको भनेको छ 'ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको विरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अफलोड गरिएको जानकारी गराउन चाहन्छौं ।'

त्यही उडानमा २४ वर्षिया ढाँढ भाँचिएकी बिरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं ल्याएको कम्पनीले उल्लेख गरेको छ। उनले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टर बाट प्रमाणित 'फिट टु फ्लाई' अनुसार नै सबै सुरक्षाका मापदण्ड पुयाएर काठमाडौं ल्याएको कम्पनीले उल्लेख गरेको छ। 

यस्तो छ बुद्ध एयरको विज्ञप्ति : 

हिजो २५ मे बुधबार धनगढीबाट काठमाडौँ उडान नम्बर २५६ मार्फत बुद्ध एयरले 'यात्रु उडाएनन्' पोष्ट सामाजिक सञ्जालमा आएको रहेछ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

हिजो त्यही उडानमा २४ वर्षिया ढाँढ भाँचिएकी बिरामीलाई स्ट्रेचरको सहायतामा काठमाडौं ल्यायौं । उहाँले स्ट्रेचरका लागि सबै आवश्यक प्रक्रिया डाक्टर बाट प्रमाणित 'फिट टु फ्लाई' अनुसार नै हामीले सबै सुरक्षाका मापदण्ड पुयाएर काठमाडौं ल्याएका थियौं।

यस्तै अर्का ह्वील चेयरमा पनि बस्न निकै अप्ठ्यारो र असमर्थता जनाउने आगोले जलेको विरामीलाई धनगढीबाट काठमाडौं उडान लामो र सिटमा बस्नै नसक्ने भएकाले बाध्यतावश ती यात्रुलाई अफलोड गरिएको जानकारी गराउन चाहन्छौं । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved