आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 09:34:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश संशोधन गरेको छ। कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश संशोधन गरेको हो । 

जस अनुसार अब कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  तर प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस शेयर दिन पाइने र त्यसको  कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएकोले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ । 

 हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ।  २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब पुग्ने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved