अब हेलिकप्टरमा पनि २ पाइलट अनिवार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2022 | 12:30:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा पनि २ जना पाइलट हुनुपर्ने निर्णय गरेको छ ।

अब सिङ्गल इन्जिन भएका साना हेलिकप्टरमा पनि २ पाइलट राखेर मात्रै उडाउनु पर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार यो नियम १७ असार (१ जुलाई)बाट लागू हुनेछ । 

अहिले हेलिकप्टरमा १ जना मात्रै पाइलट राखेर उडान हुँदै आएको छ । अब भने २ जना पाइलट अनिवार्य राख्नु पर्ने नियम बनाईएको हो । 

हवाई सुरक्षा अभिवृद्धिका लागि क्यानले यस्तो निर्णय गरेको हो ।

नेपालमा हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र २ पाइलट अनिवार्य थियो । अब भने साना हेलिकप्टरमा पनि २ पाइलट अनिवार्य गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved