उडान अनुमतिको नयाँ नियमविरुद्द यती एयरलाइन्सका सबै उडान रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 01:07:48 PM मा प्रकाशित

laxmi  sunrise bank

‘इनरुट’ मौसम सफा भएको जानकारी पाएपछि मात्रै उडानको अनुमति पाउने नियम विरुद्द यती एयरलाइन्सले आज सबै उडान रद्द गरेको छ । भिजिबिलिटी कस्तो छ भन्ने जानकारी दिने निकाय बीचको अन्यौलताका कारण कम्पनीले उडान रद्द गरिएको जनाएको छ । 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार मौसम सफा भए पनि इनरुटको मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योल भएकाले समस्या सिर्जना भएको र सोही कारण उडान रद्द गरिएको हो । 

‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रष्ट जानकारी दिएको छैन’ उनले भने, ‘एयरलाइन्सहरुले मौसमको स्पष्ट जानकारी पाउन सकेनन्, यसबारे कसले आधिकारिक जानकारी दिने हो भन्ने यकिन गर्न समस्या भएको छ ।’

हवाई दुर्घटना कम गर्न भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले इनरुट मौसम सफा भएको जानकारी भएपछि मात्रै उडान अनुमति दिने नियम ल्याएको छ ।

उडान प्रभावित हुँदा यात्रुहरु समसयामा परेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved