‘हेलिकप्टरमा २ जना पाइलट राख्न सक्दैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 10:42:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा सञ्चालक संघले एउटा इन्जिन भएको हेलिकप्टरमा २ जना पाइलट राख्नुपर्ने नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न सम्भव नरहेको बताएको छ । 

प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा पनि २ पाइलट अनिवार्य हुनुपर्ने बताईरहेका बेला संघले व्यवसायिक उडानमा रहेका १ इन्जिनवाला हेलिकप्टरमा २ जना पाइलट उपयुक्त नहुने बताएको हो । 

नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा २ पाइलट राख्नेबारे अध्ययन गर्न ५ सदस्यीय प्राविधिक टोली गठन गरिसकेको छ । टोलीले अध्ययन पनि थालिसकेको छ ।

तर, वायु सेवा सञ्चालक संघले १ इन्जिन भएका हेलिकप्टरमा २ जना पाइलट राख्दा तलबवापत धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने बताएको छ । 

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा ९ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा २ पाइलट राख्न समस्या नरहेपनि सबै हेलिकोप्टरमा २ पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने बताउँछन् ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ र डबल इन्जिन भएका ५ हेलिकप्टरले व्यवसायिक उडान भर्दै आएका छन् । १० विदेशी र २६ नेपाली पाइलटले सिंगल इन्जिन भएका हेलिकप्टर उडाउँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved