निगमका कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने निर्णय कार्यन्वयन नगर्न आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 06:04:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकरीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार निगमका कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

उनीमाथि छानबिन गर्नुपरे पनि निलम्बन गर्नु नपर्ने ठहर अदालतले गरेको हो । 

अदालतले पाइलट दीपु ज्वारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गर्ने सरकारको निर्णयसमेत कार्यान्वयन नगर्न आदेश दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved