चीनले हिमालय एयरका ४ उडानमा रोक लगायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2022 | 10:45:30 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले हिमालय एयरलाइन्सका ४ उडानमा रोक लगाएको छ । यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले हिमालय एयरका ४ उडान रोक लगाएको हो ।

काठमाडौँबाट १७ साउनमा भएको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ नागरिक गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका ४ वटा उडान रोकिदिएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएको हो ।

कोरोना देखिएका बिरामीहरुले आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइन र १६ दिन घर वा तोकिएको स्थानमा बस्नुपर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved