एक्यानको उपाध्यक्षमा अनुप नेपाल निर्विरोध, अध्यक्षमा धिताल र राउत भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 10:23:46 AM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्टसहरुको साझा संस्था 'नेपाल चार्टड एकाउन्टेन्टस संघ' मा आगामी नेतृत्त्वको लागि उपाध्यक्ष पदमा सहमति जुटेको छ। नयाँ नेतृत्त्व चयनका लागि उपाध्यक्ष पदका आंकांक्षी सुबास पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उपाध्यक्ष पदमा सहमति जुटेको हो। 

सुबास पौडेलले उपाध्यक्ष पदको लागि उम्मेद्वारी फिर्ता लिएपछि उपाध्यक्षका आकांक्षी अनुप नेपाल निर्विरोध भएका हुन्। बैशाख १७ गते उम्मेदवारी दिने मिति तोकिएपनि पछि यसलाई बैशाख १९ गतेको लागि सारिएको थियो। बैशाख १९ सम्म अरु उपाध्यक्षका लागि अरु कसैको दाबी पेश नभएपछि आगामी नेतृत्वको लागि अनुप नेपाल उपाध्यक्ष बन्ने पक्का भएको हो। 

त्यस्तै अध्यक्षका लागि एक्यानका तत्कालिन उपाध्यक्ष रमेश धिताल तथा अघिल्लो कार्यकालमा उपाध्यक्षमा पराजित अरुण राउतको उम्मेदवारी परेको छ। धितालले बहालवाला अध्यक्ष दिपक पाण्डेको लागि अध्यक्ष पद त्यागेर यो कार्यकालको कार्यसमितिमा थिएनन। 

रमेश धितालले एक्यानको अध्यक्षको लागि उम्मेद्वारी दिएपछिको तस्विर


त्यस्तै महासचिवमा संजिता नेपाल र  प्रचण्ड ध्वज कार्कीको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा रमेश दत्त पाण्डे, दिलिप खनालको उम्मेद्वारी परेको छ। यहि बैशाख २९ गते एक्यानको ३५ औं कार्यसमितिको निर्वाचन हुँदैछ। त्यसका लागि केन्द्र, प्रदेश, र जिल्ला समितिमा उम्मेद्वारी दर्ता गर्ने मिति बैशाख १९ गतेसम्मलाई तोकिएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved