'टर्मिनल भवन'तिर किन लगाए डीजी सापले आँखा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2022 | 01:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ ८ गते नागरिक उड्ययन प्राधिकरणले ५ वटा विमानस्थलको टर्मिनल भवन र अन्य निर्माणको काम गर्न टेन्डर आह्वान गर्यो ।

क्यानका महानिर्देशक प्रदीप अधिकारीको पहलमा विराटनगर, नेपालगंज, डोल्पा, भरतपुर र ताप्लेजुङ विमानस्थलमा टर्मिनल भवन निर्माण, रनवे बिस्तार र चेनलिंक निर्माणका लागि ९ अर्ब खर्च गर्न लागिएको हो ।

आफूनिकट निर्माण व्यवसायीलाई ठेक्का दिने नियतले अधिकारीले ठेक्का प्रस्ताव ल्याएको स्रोतको दाबी छ ।

नेपालगन्ज विमानस्थलमा टर्मिनल भवन बनाउन ३ अर्ब ५० करोड र बिराटनगर विमानस्थलमा टर्मिनल भवन बनाउन ३ अर्ब ५४ करोड बजेट छुट्याइएको छ । भरतपूर विमानस्थलका लागि १ अर्ब ७५ करोड बजेट छ ।

त्यस्तै, ताप्लेजुङ र डोल्पाको विमानस्थलका लागि क्रमशः ३ करोड र ९ करोड छुट्याइएको छ ।

नेपालगन्ज, बिराटनगर र भरतपूर विमानस्थलमा टर्मिनल भवन बनाउने योजना ३ वर्षे योजना भएको तर, ताप्लेजुङ विमानस्थलको चेनलिंक र डोल्पाको रन वे सुधारको काम भने एक वर्षे योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतले बताएको छ ।

क्यान स्रोतका अनुसार भरतपूरमा टर्मिनल भवन, ताप्लेजुङको चनलिंक र डोल्पा विमानस्थलको रन वेको काम अहिले आवश्यक छैन । भरतपूरमा पुष्पकमल दाहाल प्रचण्ड र उनकी छोरी भरतपूर महानगरकी मेयर रेणु दाहालले काम देखाउनकै लागि बजेट पारेको स्रोत बताउँछ ।

ताप्लेजुङ विमानस्थलको लागि त हाम्रा पूर्व मन्त्री योगेश भट्टराईको इन्ट्रेस्टमा बजेट हालिएको हो, उहाँले आफू मन्त्री हुँदा पनि प्रयास गर्नुभएको थियो, तर त्यहाँ अहिले लगानी गर्दा त्यो खेर जाने लगानी हो, उठ्नेवाला छैन’ स्रोत भन्छ ।

त्यस्तै, डोल्पा विमानस्थलको रन वे सुधारको लागि त झन पूर्व राज्यमन्त्री धनबहादुर बुढाको कम्पनी उमा एण्ड जेभीले नै काम गर्ने गरी क्यानका महानिर्देशक प्रदीप अधिकारीले सेटिङ नै मिलाईरहेको दाबी स्रोतको छ । उहाँहरु पहिल्यैदेखि पार्टनर हो’ स्रोतले भन्यो ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved