पोखराबाट अन्तराष्ट्रिय उडान गर्न पहल भइरहेको छः मन्त्री किराँती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 03:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तराष्ट्रिय विमानस्थबाट अन्तराष्ट्रिय उडान गर्न कूटनीतिक पहल भइरहेको बताएका छन्। 

पोखरा विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री किराँतीले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका सहरमा सिधा उडानका लागि छलफल भइरहेको बताएका हुन् । 

‘पोखरादेखि सिधै अन्तराष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरिरहेका छौँ’ उनले भने ।

उनले नागरिक उड्डयन प्राधिकरणसँग आफूले पोखरा विमानस्थल चलाउने कार्ययोजना मागेको पनि जानकारी दिएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved