जजिराले भैरहवाबाट फेरि उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2023 | 04:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कुवेतको जजिरा एयरवेजले मार्च ९ अर्थात् फागुन २५ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । जजिराले भैरहवाबाट पुरानै तालिका अनुसार  भैरहवा–कुवेत–भैरहवा उडान गर्ने भएको हो । 

जजिराले यसअघिकै जस्तो हप्तामा ३ उडान गर्नेछ । मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने जनाइएको छ । 

तालिका अनुसार मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने र ८ः०५ बजे कुवेतका लागि उड्ने छ ।

यसअघि मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट जजिराले उडान रोकेको थियो । झण्डै २ महिनापछि पुनः उडान सुरू गर्न लागेको हो ।

जजिराले गौतमबुद्ध विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएदेखि नै कुवेतमा उडान गर्दै आएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved