त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 03:31:48 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भरमा आज दिउँसो झण्डै पौने २ घण्टा समस्या आएको छ । विमानस्थलको सर्भर नचलेपछि केही समय अन्तराष्ट्रिय उडानहरु प्रभावित भएका थिए । 

आज दिउँसो १ घण्टा १५ मिनेट जति सर्भर नचलेर ‘म्यानुअल’ सर्भिस दिनु परेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

‘दिउँसो सवा घण्टा जति चाहिँ म्यानुअल्ली नै गर्नुपर्यो, रिस्टोर हुन पौने २ घण्टा जति लाग्यो’ विमानस्थलका प्रवक्ता सिटौलाले भने, ‘अहिले रिस्टोर भइसकेर समस्या समाधान भइसक्यो ।’

अन्तराष्ट्रिय उडानको संवदेनशीलतालाई ध्यान नदिँदा काठमाडौँ विमानस्थलमा सर्भर डाउन हुने समस्या बारम्बार दोहोरिनु गम्भीर कमजोरी भएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved