हुवावेले डिजिटल नेपाल कन्क्लेभ र मोबाइल नेपाल कंग्रेस आयोजना गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 05:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी असार ८ र ९ गते ‘हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन लागेको कन्क्लेभसँगै हुवावेले मोवाइल नेपाल कंग्रेश(एमएनसी) को पनि आयोजना गर्न लागेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरु सहभागी हुने आयोजकले बताएको छ ।  

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु सञ्चालन हुनेछन् । उक्त कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहने बताइएको छ । 

आयोजकका अनुसार ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।  उद्घाटन सत्रमा विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय बिज्ञहरुको ४ वटा कि–नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ । यसैगरी, पहिलो दिनको सेसनमा  डिजिटल पूर्वाधार, डिजिटल परिचय(आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्वन्धि सेसनहरु रहने छन् ।  

दोस्रो दिन भने डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहने छन् । यसैगरी, कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

कन्क्लेभसँगै शिर्ष प्रायोजक हुवावेईले मिनि मोवाइल वल्र्ड कंग्रेशको रुपमा मोवाइल नेपाल कंग्रेशको आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोवाइल कंग्रेशमा पाउने छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको यो दोस्रो संस्करण हो । 

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ लगायतको सहयोग रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved