पाइलटकै तलब नदिएपछि गुण एयरलाइन्सका सबै उडानमा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 03:38:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्यरत पाइलट र कर्मचारीहरुको तलबसमेत नदिएपछि गुण एयरलाइन्सको उडान नै रोकिएको छ । महिनौँदेखि पाइलट, एयरहोस्टेजलगायत एयरलाइन्समा कार्यरत कर्मचारीको तलब नदिएको खुलेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको छ ।

सात वटा विमान रहेको गुणमा तलब नपाएपछि आन्दोलन स्वरुप पाइलटले गत हप्तादेखि नै उडान गर्न छाडेका थिए । कर्मचारीले तलब नपाएको जानकारी पाएपछि प्राधिकरणले गुणको ‘अडिट’ हेरेको थियो ।

‘हामीलाई आएको सूचना फेरिफाइ गर्न अडिट गर्यौं, तलब निकासा भएको देखिएन’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ‘हामीले गुणलाई आदेशपत्र पठाएर तत्काल समस्या समाधान गर्न र पूरानो सबै हिसाब मिलाउन भनिसकेका छौँ ।’ प्राधिकरणले कर्मचारीलाई तलब नदिँदा हवाइ सुरक्षामा असर पर्ने भन्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै जहाज ग्राउन्डेड गर्न पत्र पठाएको छ । 

प्रवक्ता निरौलाका अनुसार समस्या समाधान नहुञ्जेल गुण एयरलाइन्सका सबै जहाजलाई ग्राउण्डेड गरिएको छ । ‘समस्या समााधन भयो भनेर गुणले भनेपछि मात्रै अडिट गर्छौँ, तलब निकासा भएको प्रमाणित भएपछि मात्रै उडानको फुकुवा हुन्छ’, निरौलाले भने 

यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए । कम्पनीले भने जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याउन लागिएकाले जहाज नउडाइएको दाबी गर्दै आएको छ ।

गुण एयरलाइन्सका बजार व्यवस्थापक प्रज्ज्वल थापा प्राधिकरणको आरोपमा सत्यता नभएको जिकिर गर्छन् । आन्तरिक समस्याले मात्रै रोकिएको हो, तलबमा समस्या छैन, एक हप्तापछि नियमित हुन्छ, उनले बिजपाटीसँग भने । अडिट नगरिएको विषयमा उनले अब अडिट गर्ने भनेर घुमाउरो पाराले कमजोरी स्वीकार गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved