थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 09:10:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ । थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय प्राधिकरणले गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई विभाग हुँदादेखिनै उक्त सेवा प्रदान गर्दै आएको थियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा गर्दै आएको छ ।

थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गथ्र्यो । कोभिड सुरुहुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो । अहिले थाई स्माइलले काठमाडौँमा उडान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved