‘पोखरा एयरपोर्ट चल्न नदिन काठमाडौँले भ्रम छर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 12:21:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले पोखरा अन्तराष्ट्रिय विमानस्थल चल्न नदिन काठमाडौंले दुस्प्रचार गरिरहेको आरोप लगाएका छन् । पोखरा महानगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा गौतमले पोखराको आकाश असुरक्षित छ भन्ने कोणबाट काठमाडौंले गलत प्रचार गरिरहेको आरोप लगाएका हुन् । 

‘विमानस्थल वरपर चरा हुनु र विमानसँग चरा ठोक्किनु सामान्य कुरो हो, यसलाई सामान्य रुपमै लिनुपर्ने हो, चरा ठोक्किँदैमा विमान दुर्घटना हुन्छ भन्ने हुँदैन’ गौतमले भने, ‘विमानसँग चरा नठोक्कीई चरा ठोक्कियो भनेर दुस्प्रचार भइरहेको छ ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि पोखरा र पोखरा अन्तराष्ट्रिय विमानस्थल सुरक्षित छ भन्ने प्रचार गर्नुपर्नेमा असुरक्षित छ भनेर गलत हल्ला फैलाइएको बताएका छन् । 

‘विना तथ्य समाचार लेखेर पोखरा असुरक्षित छ भन्ने जोड नगरौं,’ मेयर आचार्यले भने ।

पोखरा महानगरपालिकाकासमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले काठमाडौँका कारण पोखरा अन्तराष्ट्रिय विमानस्थललाई भारतले रुट दिन नमानिरहेको आरोप लगाए । 

‘पोखराविरुद्ध षडयन्त्र भइरहेको छ, पोखरा र यहाँको विमानस्थल सुरक्षित भएपनि काठमाडौँ यसलाई गलत सावित गर्न प्रयासरत छ,’ मुल्मीले आरोप लगाउँदै भने । 

३९ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब ऋणमा बनेको हो । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलबाट हालसम्म अन्तराष्ट्रिय उडान भने हुन सकेको छैन ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved