क्यानले भन्यो, ‘लुक्ला घुम्ने पर्यटकले बोनसमा रामेछाप पनि घुम्न पाउँछन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 02:54:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले लुक्ला उडानको जिम्मेवारी रामेछापस्थित मन्थली विमानस्थलको काँधमा रहेको जनाएको छ । क्यानले मन्थली एयरपोर्टका तस्बिरहरुसहित ट्वीट गर्दै ‘रामेछाप विमानस्थलले लुक्ला एयरपोर्टमा उडानहरू सञ्चालन गर्ने जिम्मेवारी लिन्छ’ भनेको छ । 

क्यानले लुक्ला घुम्न आउने पर्यटकका लागि रामेछापको नदी र हिमाल तथा पहाडको दृश्यावलोकन बोनस जस्तै भएको पनि उल्लेख गरेको छ ।

‘रामेछाप एयरपोर्टले व्यस्त लुक्ला एयरपोर्टमा उडानहरू सञ्चालन गर्ने जिम्मेवारी लिन्छ, भर्खरै स्तरोन्नति गरिएको पूर्वाधारको साथ यो विमानस्थल प्रशस्त मात्रामा उडान सेवा दिन तयार छ’ क्यानले ट्वीटमार्फत भनेको छ, ‘हिमाल र नदीको मनोरम दृश्यको साथ रामेछाप लुक्ला घुम्न आउने पर्यटकका लागि बोनस जस्तै हो ।’

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved