३ अन्तराष्ट्रिय विमानस्थल भएपनि सबै उडान काठमाडौँबाट मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 06:04:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मार्च २६ देखि अक्टोबर २८ सम्मका लागि वायुसेवा कम्पनीहरुको समर सेड्युल स्वीकृत गरेको छ । तीन अन्तराष्ट्रिय विमानस्थल भएपनि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कुनै पनि वायुसेवा कम्पनीले उडान स्वीकृत लिएनन् । 

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि जजिरा र नेपाल एयरलाइन्स गरी २ विमान कम्पनीले अनुमति लिएका छन् । जजिराले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कुवेत–भैरहवा उडानका लागि सोमबार, बुधबार र शुक्रबारको अनुमति लिएको छ । 

नेपाल एयरलाइन्सले सोमबार र शुक्रबार काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडान गर्ने गरी अनुमति लिएको छ । 

यसबाहेक सबै उडान काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने गरी तालिका स्वीकृत भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved