नेपाल एयरलाइन्सका अध्यक्षलाई ३ गल्तीबारे पर्यटनमन्त्रीका ५ प्रश्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 06:58:00 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का अध्यक्षलाई ५ पश्न सोधेका छन् । एक हप्तामा ३ गल्ती भएपछि लापरवाहीबारे मन्त्री किरातीले ५ प्रश्न गरेका हुन् ।

चार्टर उडानबाट निगमलाई पर्न गएको भार, दिल्लीमा पाङ्ग्रा पन्चर हुँदा तत्काल व्यवस्था गर्न नसेकेको र काठमाडौं–दुबई उडानका बेला पाइलटको व्यवस्था गर्न नसकेको बारे प्रश्न सोधेका छन् ।

मन्त्रीले निगमलाई सोधेका प्रश्नहरुः

१) चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने ।

२) नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३) काठमाडौं–दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदाहुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?

४) एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सोलाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेस गर्ने ।

५) म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहालीपश्चात् टुइनेटर जहाज कतिपटक ग्राउन्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनुपर्छ कि पर्दैन ? पेस गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved