काठमाडौँबाट सिमरा उडेको १५ मिनेटमै किन काठमाडौँ नै फर्कियो बुद्धको जहाज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 06:33:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट सिमराका लागि उडेको बुद्ध एयरको जहाज उडान भरेको केहीबेरमै काठमाडौँ नै फर्किएको छ। 

एटिआर यु ४५५७को बुद्धको जहाज आज साँझ ५ः१५ बजेको समयमा काठमाडौँबाट सिमराका लागि उडेको थियो । तर, जहाजमा समस्या देखिएपछि उडान भरेको १५ मिनेटमै जहाज काठमाडौँ फर्किएको हो ।

त्रिभुवन विमानस्थलले बत्तीमा समस्या आएपछि जहाज फर्किएको जानकारी आएको र अहिले मर्मत गरिएको बताएको छ । बुद्ध एयरले भने ७० सिटे जहाज सिमरामा अवतरण गर्न नसकिने खबर आएकाले फर्काएर ४२ सिटे जहाज पठाइएको बताएको छ । 

‘७० सिट क्षमताको ठूलो जहाज ल्याण्ड हुन नसक्ने भएपछि फर्काएर ४२ सिटे जहाज पठाइसकिएको छ’ बुद्ध एयरका एक कर्मचारीले भने, ‘कुनै समस्या भएर जहाज फर्काइएको होइन, भिजिबिलिटीको समस्याले फर्काउनु परेको हो, त्यो जहाजको सट्टामा भरतपूरबाट काठमाडौँ आएको ४२ सिटे जहाजलाई पठाएका छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved