एयरपोर्टमा ब्यागेज व्यवस्थापन गर्ने कर्मचारीलाई ‘गोजी’ नभएको पोशाक दिन थालियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 02:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

विमानस्थलमा ब्यागेज व्यवस्थापनका लागि खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई गोजीरहित पोशाक दिन थालिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यागेज ह्याण्डलिङ गर्ने आफ्ना कर्मचारीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले गोजीरहित पोशाक दिन थालेको हो ।

ब्यागेज फुट्ने र चोरी हुने घटना बढेको भन्दै यात्रुले गुनासो गर्न थालेपछि नेपाल एयरलाइन्सले ब्यागेज ह्याण्डलिङ गर्ने आफ्ना कर्मचारीलाई गोजी नभएको पोशाक वितरण गरेको हो ।

ब्यागेज ओसार–पसार गर्ने ट्रलीमा पनि बार र चेन लगाइएको छ । त्यस्तै, ब्यागेज ट्रलीमा छाना पनि हालिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved