नेपाल एयरलाइन्सले सञ्चय कोष र नागरिक लगानी कोषसँग माग्यो ब्याज र हर्जाना छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 12:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ब्याज, हर्जाना र पेनल छुटको माग गरेको छ । व्यापारमा प्रतिकुल असर परिरहेको भन्दै नेपाल एयरलाइन्सले ऋणको ब्याज, हर्जाना र पेनल छुट गरिदिन सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको हो । 

निगमले कोरोना महामारीका कारण व्यापारमा प्रतिकूल असर परेकाले ब्याज र हर्जाना छुट गरिदिई किस्ताको संख्या बढाएर ऋण भुक्तानीको प्रवन्ध मिलाउन पनि अनुरोध गरेको छ । 

निगमले गत असार महिनायता ऋणबापत् २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको पनि जनाएको छ । ऋणको किस्ताबापत गत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई निगमले ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

गत असारमा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हनार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको निगमले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved