हावाहुरीले बत्ती गएपछि काठमाडौँ एयरपोर्ट २० मिनेट बन्द, जहाज आकाशमै अड्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2023 | 05:29:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारको दोहाबाट काठमाडौँ आएको जहाजले आकाशमै धेरैपटक फन्को लगाएको छ । अहिले बल्ल धावनमार्गमा अवतरण हुने क्रममा छ । 

दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाज अपरान्ह ४ः४५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर, दिउँसो काठमाडौँमा चलेको हावाहुरीका कारण त्रिभुवन विमनस्थलको धावनमार्ग नै बन्द हुँदा कतार एयरवेजको जहाज रनवे नजिकै आइपुगेर पनि फेरि आकाशमै फन्को मार्न पुगेको थियो । 

‘हावाहुरीले डिस्टर्व गर्दा ठ्याक्कै कतारको जहाज आइपुग्न लागेको थियो, ल्याण्ड हुनै लाग्दा हावाहुरी चलेर बत्ती जाँदा रनवे नै बन्द भयो, १५/२० मिनेट रनवे बन्द हुँदा जहाज उड्न र ल्याण्ड हुन पाएनन्’ विमानस्थल स्रोत भन्छ, ‘अहिले रनवे खुलिसक्यो, जहाजहरु उड्ने र अवतरण हुने क्रम सुरु भइसक्यो ।’

आजै भारतबाट आएको भिस्तारा एयरको जहाज पनि आकाशमा फन्को मारेर बल्ल धावनमार्ग तिर अवतरणका लागि अघि बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved