जहाजसँग त्रिभुवन विमानस्थलको सम्पर्क टुट्यो, सबै जहाज आकाशमा घुमेको घुम्यै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2023 | 03:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

जहाजसँग त्रिभुवन अन्तराष्ट्रय विमानस्थलको सञ्चार सम्पर्क टुटेको छ । विमानस्थल र जहाजबीचको सञ्चार सम्पर्क टुट्दा काठमाडौँबाट कुनै पनि जहाज उड्न सकेका छैनन् ।

सञ्चार सम्पर्क नहुँदा उडान र अवतरण नै बन्द भएको हो ।

दुबई, नयाँदिल्ली र अबुधावीबाट काठमाडौँ आएका जहाज काठमाडौँकै आकाशमा घुमिरहेका छन् । देश भित्रकै आन्तरिक विमानस्थलबाट आएका जहाज पनि आकाशमै होल्ड गरिरहेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र आकाशमा जहाज उडाइरहेका पाइलटबीच हुने संवाद नबुझिने गरी (झ्यार झ्यार) प्राविधिक समस्या आएको बताएका छन् । अहिले उक्त प्राविधिक समस्या समधानका लागि काम भइरहेको उनको भनाइ छ । 

यस्तो समस्या आज दिउँसो २ः३० बजेको समयबाट सुरु भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved