चरा ठोक्किएको हल्ला फैलिएपछि फ्लाइ दुबईका ‘कन्ट्री म्यानेजर’लाई एयरपोर्ट प्रवेशमा रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 03:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार राती काठमाडौँबाट दुबई उडानका क्रममा समस्या देखिएको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको हल्ला फैलिएपछि नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुबईका अधिकारीहरुलाई कारबाही गरेको छ । प्राधिकरणका अनुसार फ्लाइ दुबईका नेपालस्थित ‘कन्ट्र म्यानेजर’ र एयरपोर्ट म्यानेजरलाई कारबाही गरिएको हो । 

उनीहरुलाई  विमानस्थल प्रवेशमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । उनीहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको छ । 

काठमाडौँबाट सोमबार राती ९ः१९ बजे दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको बताइएको थियो । काठमाडौँ विमानस्थलबाट उड्नासाथ जहाजमा आगोको झिल्का देखिएको थियो भने विष्फोट भए जस्तो आवाज आएको थियो ।

तर, फ्लाई दुबईका प्रवक्तालाई उधृत गर्दै दुबई मिडिया अफिसले जहाजमा चरा ठोक्किएको उल्लेख गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved