पूर्व महानिर्देशक राजकुमार क्षेत्रीको औपचारिक बिदाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 06:16:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्रीलाई प्राधिकरणले आज बिदाई गरेको छ । उमेरहदका कारण यस अघि नै अनिवार्य अवकाश पाएका क्षेत्रीले त्यतिबेला महानिर्देशक पद नियुक्तिको पद भएकाले यसमा उमेरहद लागू नहुने दाबीसहित अदालतमा निवेदन दिएका थिए ।

अदालतले आदेश दिएर फर्काएपनि उनले हाँजिर गर्न पाएनन् ।

उनी २०७८ कार्तिकमा महानिर्देशकमा नियुक्त भएका थिए । त्यसको ३ महिनामै उनले अवकाश पाएका थिए । 

तर, क्यानबाट बाहिरिएको १५ महिनापछि क्यानले औपचारिक बिदाई गरेको हो । महानिर्देशक प्रदीप अधिकारीले खुशी र निरोगी सेवा निवृत्त जीवनको लागि शुभकामना दिँदै क्षेत्रीलाई सम्मानपत्र र दोसल्ला ओढाएर बिदाई गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved