नेपाल एयरलाइन्सका अध्यक्षलाई क्यानले फेरि सोध्यो स्पष्टिकरण, एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2023 | 07:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरि स्पष्टीकरण सोधेको छ । अधिकारीलाई क्यानले ‘तपाईलाई एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?’ भन्दै स्पष्टीकरण सोधेको हो ।

संशोधित ग्राउन्ड ह्यान्डिलिङ शुल्क कार्यान्वयन नगरेको र भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएर सरकारको निर्णय अनुसारको शुल्क नउठाएको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईंलाई निगमको एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?’ भनेर पत्रमा स्पष्टीकरण सोधिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved