क्यानले रोक्यो सिम्रिक एयरको सम्पूर्ण उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2023 | 08:12:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सिम्रिक एयरको सम्पूर्ण उडान रोकेको छ। आज सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएपछि क्यानले निरीक्षणको लागि कम्पनीको सम्पूर्ण उडान रोक्न निर्देशन दिएको हो 

क्यानले कम्पनीका सम्पूर्ण एयरक्राफ्टहरुको निरीक्षण तथा परिक्षण नभएसम्म उडान रोक्न निर्देशन दिएको हो । क्यानले कम्पनीको उडान सञ्चालन, उडान योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीका क्षेत्रहरूबारे आवश्यक परिक्षण गर्ने जनाएको छ। कुनै पनि कम्पनीको विमान दुर्घटनामा परेपछि बाँकी जहाजको निरीक्षण तथा परिक्षणको लागि उडान रोक्ने गरिएको छ ।

कम्पनीको  9N - AJ कल साइन भएको हेलिकप्टर आज दिउँसो संखुवासभामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved