विराटनगर उडेको यतीको जहाज धार्के माथिबाट काठमाडौँ नै फर्कियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 04:30:23 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट बिराटनगर उडेको यती एयरको जहाज धार्के माथिको आकाश पुगेर फेरि काठमाडौँ फर्किएको छ । आइतबार दिउँसो ३ः१८ बजे काठमाडौँबाट उडेको यतीको वाईटी–७९३ कलसाइन जहाज धार्के माथिको आकाशबाट काठमाडौँ नै फर्किएको हो ।

विराटनगरमा मौसम खराब रहेकाले जहाज अवतरण गर्न नसक्ने सूचना आएपछि जहाजलाई फर्काइएको बताइएको छ । काठमाडौँ विमानस्थलस्थित यती एयरलाइन्सका कर्मचारीका अनुसार जहाजमा ४० जना यात्रु थिए ।

‘मोसमका कारण विराटनगरमा ल्याण्ड हुन नसक्ने सूचना आएपछि जहाज फर्किएको हो, अब मौसममा सुधार आएको खबर आयो भने मात्रै उडान हुन्छ’ ती कर्मचारीले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved